रमेशको कथा: हिजो रोजगार खोज्दै दुबई गए, आज तीन कम्पनी मालिक

लोकेन्द्र ओली
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

 काठमाडौं । हरेक दिन अन्तराष्ट्रिय विमानस्थलमा देखिने भिडका दृश्यहरुले भन्छ, वैदेशिक रोजगार नेपालीहरुको नियती भइसक्यो । स्याङ्जाका रमेश श्रेष्ठ सन् २००८मा रोजगारकै सिलसिलामा दुबई गएका थिए । दुःख ग¥यो भने सफलता कसो नमिल्ला, यही भावनाका साथ उनले दुबईमा श्रम गरे ।

मिहनेतको फल मिठो हुन्छ भनेझै हिजो रोजगार खोज्दै दुबई गएका रमेश आज आफै रोजगारदाता बनेका छन् । दुबईमा आफै तीनवटा कम्पनीका मालिक छन् । करिब १६० जनालाई रोजगार दिइरहेका छन् । दुबईमा उनका जीसीडी एचआर एन्ड म्यानेजमेन्ट कन्सल्ट्यान्सिज, जीसीडी क्लिनिङ कम्पनी र जीसीडी डक्युमेन्ट क्लियरेन्स कम्पनी रहेका छन् । विदेशमा व्यवसाय गरेपनि उनले नेपाललाई भुलेका छैनन् । त्यसैले आफ्नो कम्पनीमा नेपाली श्रमिकलाई बढी रोजगार दिइरहेका छन् ।

उनले जीसीडी ग्रुप अन्तर्गतको कतार अफिसमा १५ जना , युरोपका विभिन्न अफिसमा गरी १० जना र नेपालको जीसीडी वल्र्डवाइड प्रालिमा ३० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । रमेशले युरोपका क्रोएसिया, बुल्गेरिया र माल्टामा अफिस संचालन गरिसकेका छन । रमेश इमान्दारिता र पारदर्शितामा बढी विश्वास गर्छन् । ‘मलाई इमान्दार, स्वच्छ र पारदर्शीढंगले व्यवसाय गर्नुपर्छ भन्ने लाग्छ,’ रमेश भन्छन्, ‘श्रम गर्दा पनि मेरो त्यही मान्यता थियो, आज व्यवसाय गर्दा पनि त्यही छ । ’ रमेश अहिले युरोपमा नेपालीका लागि श्रमबजारको खोज गरिरहेका छन् । युरोपमा उनले क्रोएसिया,बुल्गेरिया ,माल्टा,हंगेरी, लिथोेनियाँ ,ग्रिस लगायतका देशहरुमा बार्षिक सयौ नेपालीहरूलाई रोजगारीमा पठाइसकेका छन् । उनको कम्पनी जीसीडी ग्रुप अफ कम्पनीजले विश्वको श्रम बजारमा दक्ष , अर्धदक्ष र अदक्ष कामदारसहित विभिन्न क्षेत्रका पेशाकर्मीहरूको आपूर्ति गराउने गर्छ । ‘जीसीडीले विश्वभरका गरी साढे चार दर्जन कम्पनीहरूलाई आफ्नो सेवा दिइरहेको छ,’ श्रेष्ठले भने, ‘जीसीडीका कम्पनीहरू यूएई, कतार, नेपाल, बंगलादेश, , मलेसिया, भिएतनाम, श्रीलंकामा पनि छन् । यसका सम्बद्ध कम्पनीहरू भारत र पाकिस्तानमा समेत रहेका छन् ।’

ग्राहक कम्पनीहरूको परियोजनामा अल्पकालीन वा परियोजना पूरा भएसम्मका लागि चाहिने विभिन्न किसिमका श्रमशक्ति आपूर्ति जीसीडीले गर्ने गरेको छ । ‘हामी यूएईमा तेल तथा ग्यास निर्माण, सूचना प्रविधि, बन्दोबस्ती, सुविधा उपलब्ध गराउने, चालक, व्यवस्थापन तथा प्रशासकीय, अतिथिस्वागत, बैंक तथा वित्त र सुरक्षाको क्षेत्रमा चाहिने श्रमशक्ति उपलब्ध गराउने काम गर्छौ,’ रमेशले भने, ‘हामी नेपालबाट पनि यस्ता क्षेत्रमा श्रमशक्तिको आपूर्ति गरिरहेका छौं । ’ नेपालमा जीसीडी वल्र्डवाइड प्रालि, भारतमा एरिकसन इन्टरप्राइजेज, पाकिस्तानमा मावारीद इन्टरप्राइजेज, फिलिपिन्समा जोबस्टार इन्टरनेशनल म्यानपावर सर्भिसेज र अफ्रिकामा ग्रिनपेजेज डाइनामिक वल्र्ड लिमिटेड रहेको छ। ‘अहिले पनि नेपालीहरूको माग सहनशीलता र लगनशिलताका आधारमा हुन्छ,’ एनआरएनएका मध्यपूर्व उपसंयोजक समेत रहेका श्रेष्ठले भने, ‘यसको बढोत्तरीका लागि नीतिगत सुधारको आवश्यकता छ । ’

का श्रेष्ठले यसअघि एनआरएनए एनसीसी यूएईको विभिन्न पदमा रहेर नेतृत्वदायी भूमिका खेलिसकेका छन् । व्यवसायका अतिरिक्त उनी समाजसेवामा पनि अग्रसर छन् । श्रेष्ठ स्याङ्जा सेवा समाज यूएईलगायत विभिन्न सामाजिक संघस्थामा उनी आबद्ध छन् । भन्छन्, ‘विभिन्न समयमा परेका नेपालीहरू सहयोग गरिरहेको हुन्छु । अपाङ र बालबालिकालाई सकेको सहयोग गरिरहेको छ । परोपकारमा बेग्लै आनन्द छ ।’

सेयर: 34
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
56%
1 km/h
बिहि
29 °C
शुक्र
30 °C
शनि
30 °C
आइत
28 °C
सोम
26 °C
ट्याग गरिएको:
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ