मलेसिया, शाह आलाम — नेपाली समुदायको खेलकुद क्षेत्रमा ऐतिहासिक कदम चालेको आरसी एएफसी क्लबले पहिलो पटक आयोजना गर्न लागेको “प्रथम आर टी एफ सी गोल्ड कप २०२५” को खेल तालिका सार्वजनिक गरिएको छ।
यस प्रतिष्ठित प्रतियोगिताको आयोजना क्लबका अध्यक्ष तथा सञ्चालक राजु तामाङको अगुवाइमा भएको हो। मलेसियामा सन् २००० देखि व्यवसाय गर्दै अहिले नेपालीहरुलाई रोजगार दिँदै तामाङले युवा शक्तिलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यसहित क्लबमार्फत सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूलाई निरन्तरता दिँदै आउनुभएको छ।
खेलकुदलाई समाज परिवर्तनको माध्यम मान्ने तामाङको प्रेरणाले अहिले मलेसियामा रहेका धेरै नेपाली युवाहरू फुटबलमार्फत संगठित भई सकारात्मक ऊर्जा उत्पादन गर्दै छन्।
खेल तालिका:
कार्यक्रम: प्रथम आर टी एफ सी गोल्ड कप २०२५
स्थान: Panasonic Stadium, Shah Alam
मिति: ७ र ८ जुन २०२५
यस टूर्नामेन्टले नेपाली खेलाडीहरूको प्रतिभा उजागर गर्ने तथा आपसी भाइचारा बलियो बनाउने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।
सहभागी सबैलाई विशेष आमन्त्रण:
“सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई चुलो निम्तोका साथ यो खेल हेर्न उपस्थित भइ नेपाली खेलाडीहरूको हौसला बढाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।”
थप जानकारीका लागि सम्पर्क:
फोन: +60126651620
खेलप्रेमी, सामाजिक अभियन्ता र प्रवासी नेपालीहरूलाई लक्षित यो टूर्नामेन्टले भविष्यमा अझै ठूलो अन्तर्राष्ट्रिय नेपाली फुटबल मंच तयार गर्ने सम्भावना बोकेको छ।


