Ad imageAd image

महाधिवेशनको तीव्र तयारीमा एनआरएनए पोर्चुगल, समितिहरू गठन गर्दै निर्वाचन प्रक्रिया तीव्र

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

लिस्बन, पोर्चुगल —गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्तुगलले आउँदो जुन ८ मा हुने दशौं राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन व्यापक तयारी सुरू गरेको छ। संघको गत मे २५ तारिखमा सम्पन्न बैठकले महाधिवेशनको व्यवस्थापनका लागि आवश्यक विभिन्न समितिहरू गठन गरेको हो।

निर्वाचन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन गम्भीरजंग गुरुङको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। त्यस्तै, विधान संशोधन तथा मस्यौदा समिति चक्र गुरुङको संयोजकत्वमा बनेको छ। व्यवस्थापन समितिको जिम्मेवारी दीनेश खड्काले, अतिथि सत्कार समितिको नेतृत्व सरिता शर्माले, आर्थिक समितिको संयोजन राजकुमार गुरुङले, र प्रचार समितिको संयोजक जयबहादुर केसी रहेका छन्।

यसअघि सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिको नेतृत्वमा मे ३ र ४ मा काठमाडौंमा अन्तर्राष्ट्रिय समन्वय परिषदको महाधिवेशन सम्पन्न भइसकेको छ। सोही मर्मलाई आत्मसात् गर्दै पोर्तुगलको राष्ट्रिय महाधिवेशन पनि सहमति, सहकार्य र एकताको भावना साथ सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।

संघका कार्यवाहक महासचिव दीपेश बिष्टका अनुसार महाधिवेशनमार्फत पोर्तुगलका लागि नयाँ नेतृत्व चयन गरिनेछ।

- Advertisement -
Ad imageAd image

पोर्चुगल एनआरएनएअन्तर्गत कुनै पनि पदमा उम्मेदवारी दिनका लागि ‘नेतृत्व क्षमता’ पहिलो प्राथमिकताका रूपमा लिइने परम्परा कायम छ। साथै, नेपाली समुदायमा सेवा पुर्‍याएको अनुभव, सामाजिक काममा सक्रियता, इमानदार छवि र समस्या समाधान गर्न सक्ने योग्यतालाई उम्मेदवार छनोटका प्रमुख आधारहरू मानिन्छ।

हालका वर्षहरूमा एनआरएनए दुई समूहमा विभाजित हुँदै आएको छ। एकले अर्कोलाई स्विकार गर्न नसकेको अवस्थामा अबको नेतृत्वले यी दुई धारलाई एकसाथ ल्याउने अपेक्षा मतदाताहरूले गरेका छन्।

गत मे महिनामा सम्पन्न अन्तर्राष्ट्रिय महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिसकेको छ, जसलाई परराष्ट्र मन्त्रालयले मान्यता दिइसकेको छ।

महाधिवेशन मिति:
जुन ८, २०२५
स्थान: लिस्बन, पोर्चुगल

सेयर: 56
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
broken clouds
26° _ 26°
53%
4 km/h
बुध
25 °C
बिहि
27 °C
शुक्र
29 °C
शनि
30 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ