Ad imageAd image

लोकप्रियभन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु ः अर्थमन्त्री

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२, ८३ को बजेटलाई लोकप्रियभन्दा पनि यथार्थपरक बनाउने कोशिस गरेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित बजेटपछिको छलफल कार्यक्रममा उनले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउछ भन्ने एउटा मानक बनेको भन्दै यसपटकको बजेटलाई यथार्थपरक बनाउने प्रयास गरेको बताए ।

उनले भने, ‘एमालेको नेतृत्वको सरकार होस अथवा एमाले पृष्ठभूमिको अर्थमन्त्री होस त्यसले लोकप्रिय र राम्रो बजेट ल्याउछ भन्ने एउटा मानक बनेको छ । यसपटक मैले लोकप्रियताको खोजीभन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु । मैले लोकप्रिय हुनु पर्छ, के गर्दा भइएला, कस्तो कार्यक्रमको छनोट गर्दा लोकप्रिय भइएला भन्ने कुरामा होईन के गर्दा अनुशासित भइएला, स्रोत व्यवस्थापन गर्न सकिएला, प्रभावकारी तरिकाले खर्च व्यवस्थापन गर्न सकिएला भन्ने तर्फ बढि केन्द्रीत भएको छु ।’

यस्तै, उनले  एमाले पृष्ठभूमिको अर्थमन्त्रीले बजेट बनाउदा लोकप्रिय मात्र होईन, अनुशासित बजेट पनि बनाउन सक्छ भन्ने कुरा स्थापित गर्ने तर्फ पनि बढि केन्द्रीत भएको बताए ।

- Advertisement -
Ad imageAd image

बजेट निर्माण गर्दा अनुशासनमा बस्नु पर्ने, मुलुकको वित्तिय अवस्थालाई राम्रो तरिकाले हेर्नुपर्ने, स्रोत व्यवस्थापन गर्नुपर्ने जस्ता जिम्मेवारीहरु भएको भन्दै सोही जिम्मेवारी र सिमाभित्रबाट बजेट निर्माण गर्ने कोशिस गरेको पनि उनको भनाई छ ।

उनले भने, ‘आर्थिक वर्ष २०८२, ८३ को बजेटप्रति आएका सबै धारणाको सम्मान गर्न चाहान्छु । आलोचना र बजेटको पक्षमा आएको विचार दुवैप्रति मेरो सम्मान छ । बजेट निर्माण गर्दा अर्थमन्त्री अनुशासनमा बस्नु पर्ने, मुलुकको वित्तिय अवस्थालाई राम्रो तरिकाले हेर्नुपर्ने, सिमाहरुलाई ख्याल गर्नुपर्ने, स्रोत व्यवस्थापन गर्नुपर्ने र त्यो स्रोतलाई प्राथमिकताको आधारमा अधिक प्रतिफलयुक्त तरिकाले खर्च गर्ने कुरा तय गर्नुपर्ने जिम्मेवारीहरु थिए र सोही जिम्मेवारी र सिमाभित्रबाट मैले बजेट निर्माण गर्ने कोशिस गरेको हो ।’

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
66%
1 km/h
मंगल
21 °C
बुध
30 °C
बिहि
30 °C
शुक्र
30 °C
शनि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ