थाइल्याण्डस्थित नेपाली राजदूतावासद्वारा नेपाली भाषा पाठ्यक्रम सुधारका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक, भाद्र २३, २०८१ – थाइल्याण्डस्थित नेपाली राजदूतावासको आयोजनामा आज एक विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थाइ नेपाली समुदायका बालबालिकाहरूको लागि पाठ्यक्रममा सुधार गर्दै नेपाली भाषा शिक्षणलाई समसामयिक बनाउन विभिन्न विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रमको प्रमुख आतिथ्यता महामहिम राजदूत धनबहादुर वलीले गरेका थिए।

थाइ नेपाली संघले विगत १४ वर्षदेखि प्रत्येक गर्मी विदाको समयमा नेपाली मूलका बालबालिकाहरूलाई करिब २ महिनासम्म नेपाली भाषा शिक्षण गराउँदै आइरहेको छ। यस कार्यक्रमले पाठ्यक्रमलाई थप प्रभावकारी बनाउन विभिन्न विषयवस्तुको संशोधनका लागि विज्ञहरूको सहभागितामा छलफल अघि बढाएको छ।

पाठ्यक्रम सुधारका विषयमा विशेष विज्ञका रूपमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र नेपाली साहित्यकार ओम श्रेष्ठ ‘रोदन’ को प्रमुख भूमिका रहेको थियो। कार्यक्रममा थाइल्याण्डमा रहेका नेपाली समुदायका प्रतिनिधिहरू, नेपाली भाषा र साहित्यमा क्रियाशील संघ-संस्था, नेपाली भाषा शिक्षणमा संलग्न शिक्षक/शिक्षिका, संस्कृत स्नातक मण्डलीका प्रतिनिधि, र थाइ नेपाली संघका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। छलफलमा नेपाली भाषा पाठ्यक्रमलाई समयसापेक्ष र प्रभावकारी बनाउन विभिन्न सुझावहरू प्रस्तुत गरियो।

विश्व नेपाली साहित्य महासंघ, थाइल्याण्ड र साहित्यिक मन समूहका सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागी साहित्यकारहरूले आफ्ना साहित्यिक रचनाहरूको वाचन पनि गरे।

महामहिम राजदूत धनबहादुर वलीले नेपाली भाषा र संस्कृतिको संरक्षणमा पाठ्यक्रम सुधारले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।

सेयर: 15
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
28%
4 km/h
बुध
23 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
12 °C
आइत
20 °C
ट्याग गरिएको:
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ