चैती छठ : बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सम्पन्न

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । चैती छठ पर्वको आज  (शुक्रवार) बिहान  व्रतालुहरुले उदाउँदो सूर्य र छठी मातालाइ अर्घ दिएसंगै यस वर्षको चैती छठ समापन भएको छ । व्रतालुहरुले यहाँको बाग्मती, बकैया , चादी  नदि र पोखरी तथा जलासय पुगी उदाउँदो सूर्य दिएका हुन् ।   

चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको अन्तिम दिन सप्तमी तिथी, आज बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन भएको हो ।गत मंगलबार देखि विधीवत रुपमा चैती छठ पर्व सुरु भएको  थियो ।

छठ पर्वको प्रसाद छरछिमेक तथा आफन्तलाई दिने चलन छ  । छठ प्रसादमा गहुँ वा चामलको पिठोबाट ठेकुवा , मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फलफूल हुन्छ । तराई मधेसवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुई पटक मनाउने गर्दछन्  ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
67%
मंगल
14 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ