Ad imageAd image

लागूऔषध खैरो हिरोइनसहित चार भारतीय नागरिक पक्राउ

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित पर्सा प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहारको रक्सौल–१४ मौजे टोलका ३२ वर्षीय कृष्ण कुमार गुप्ता, वडा नम्बर १३ का ४० वर्षीय सुधीर कुशवाहा र ३८ वर्षीय अमित श्रीवास्तव तथा वडा नम्बर १ का  राजा कुमार यादव रहेका छन् ।

वीरगञ्ज महानगरपालिका – १६ रजतजयन्ती चोकस्थित सडक खण्डमा  प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा स्कार्पियो गाडीबाट २२० ग्राम खैरो हेरोइन सहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा  बीआर ०६ डीई ०००७ नम्बरको कालो स्कार्पियो गाडीलाई रोकी जाँच गर्दा गाडीको पछाडिको डिक्कीमा कार्पेटले छोपेर कालो प्लास्टिकको झोलामा लुकाइएको खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

- Advertisement -
Ad imageAd image

लागूऔषधमध्ये एउटा पोका भित्र १०० ग्राम र अर्को पोकामा १२० ग्राम गरी जम्मा २२० ग्राम खैरो हेरोइन बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका चारै जना विरुद्ध लागूऔषध मुद्दामा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराएर प्रहरी हिरासतमा राखिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
light rain
21° _ 21°
72%
शुक्र
29 °C
शनि
31 °C
आइत
28 °C
सोम
27 °C
मंगल
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ