काठमाडौंः नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २,७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो। मूल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार यसको मूल्य १ लाख ७० हजार २०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १,९४५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर १,९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
संवाददाता





