रामेछापमा ३५ सहकारी सम्पर्कविहीन, ३५ लाख सरकारी अनुदान गायब

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रामेछाप । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा तत्कालीन सरकारले सञ्चालन गरेको ‘गाउँ–गाउँमा सहकारी, घर घरमा भकारी’ अभियानको समयमा सरकारी अनुदान लिन खोलिएका रामेछाप नगरपालिकाका ३५ वटा सहकारी संस्था अहिले सम्पर्कविहीन भएका छन् । 

तत्कालीन सरकारले तत्कालीन एउटा गाविसको एउटा सहकारी संस्थालाई १ लाख रुपैँया अनुदान सहयोग दिने निर्णय गरेको थियो । त्यही सरकारी अनुदान लिन बनेका सहकारी अहिले सम्पर्क विहीन छन् । हाल ती सहकारी संस्थाका सञ्चालकहरू सम्पर्कमा नै नरहेका रामेछाप नगरपालिकाले जनाएको छ । 

एक लाख रुपैँयाको दरले सरकारी अनुदान लिएका ती सहकारी संस्थाले सो रकम कहाँ खर्च गरे त्यसको खोजी हुनुपर्ने महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

ती सहकारी संस्थाहरूलाई प्रचलित कानुन बमोजिम सम्पर्कमा ल्याई शेयर सदस्यहरूको लगानी र बचत सुरक्षाको प्रत्याभूति गर्न महालेखाले रामेछाप नगरपालिकाको ध्यानाकर्षण समेत गराएको छ ।

यसरी सरकारी अनुदान लिएर सम्पर्कमा नआएका र सहकारी संस्थाहरूले बचतकर्ताको कति बचत सङ्कलन गरेका थिए भन्ने अभिलेख समेत छैन् । सहकारीले आफ्नो रकम नदिएको भनि नगरपालिकामा कुनै उजुरी नआएकोले नगरपालिकाले त्यसको खोजबिन पनि गरेको छैन्  ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
few clouds
16° _ 16°
67%
5 km/h
बिहि
14 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ