Ad imageAd image

आफू अन्याय नगरौँ, आफूलाई अन्याय गर्नेको प्रतिकार गरौँ : सुनीता डङ्गोल

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आफूले अरुलाई अन्याय गर्नु नहुने तर आफूमाथि अन्याय गर्नेलाई प्रतिकार गर्नुपर्ने बताएकी छन् ।

११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागले आयोजना गरेको महिला अधिकार र सशक्तीकरणको लागि भएका प्रयासहरु र सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो धारणा राखेकी हुन् ।

नारी डंगोलले नारीको शक्ति, सहनशीलता, क्षमता र धैर्यतालाई बुझ्न सके नारी सशक्तीकरणमा ठूलो योगदान हुने बताइन् । उनले आमाप्रति लोयल हुन सके अरुलाई पनि बुझ्न सकिने बताइन् ।

पद ठूलो सानो होला तर नागरिकको अपेक्षा समान रहेको हुँदा सबै जनप्रतिनिधिले उत्तिकै काम गनुपर्ने डंगोलको भनाइ थियो।

- Advertisement -
Ad imageAd image

उनले नारी नारीकै निम्ति हुनुपर्छ भन्ने कुरा नारामा मात्र होइन, व्यवहारमा पनि कार्यान्वयन गर्नुपर्ने बताइन् । देश फरक भए पनि, नीति फरक भए पनि, भूगोल फरक भए पनि विश्वभर नै महिलाको अवस्था उस्तै रहेको डंगोलको भनाइ थियो । उनलेबरु अन्य देशमा भन्दा नेपालमा संविधानमा नै महिलाको भूमिका सुनिश्चित गरिएको बताइन् ।

काठमाडौँ महानगरपालिका सामाजिक विकास समितिका सदस्य एवं कार्यपालिका सदस्य महेश नेपाली समाजलाई समतामूलक समाज बनाउन सबैले आआफ्नो काम इमानदारी रुपमा गर्नुपर्ने बताए  । उनले अधिकार माग्ने मात्र होइन, आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्नेमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानका निर्देशक बिन्दा आचार्य, काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका विभागीय प्रमुख समीक्षा निरौला लगायतले आफ्नो धारणा राखेका थिए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
mist
20° _ 20°
83%
2 km/h
मंगल
25 °C
बुध
28 °C
बिहि
25 °C
शुक्र
17 °C
शनि
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ