बर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

सुर्खेत । बुधबारदेखि परेको बर्षाका कारणका कर्णालीका अधिकांश राजमार्गहरुको आवागमन अवरुद्ध भएको छ । बर्षाका कारण राजमार्गहरुमा पहिरो खसेपछि राजधानीसंगको सडक आवागमन अवरुद्ध भएको छ । बर्षाले कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–जुम्ला सडकखण्ड, कर्णाली करिडोर र छिन्चु जाजरकोट सडक खण्डमा विहीबार दिनभर आवागमन अवरुद्ध भयो ।

कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा दिउँसोदेखि सञ्चालनमा आएको छ । रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताए ।

छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत राति १२ बजेदेखि अवरुद्ध भएको सडक विहीबार दिउँसोदेखि सञ्चालनमा आएको छ । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–११ धारापानी नजिकै गंगटेमा पहिरो जाँदा हिजो रातिदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि अहिले छिन्चु जाजरकोट सडक खण्डमा चल्ने सबै सवारी साधन सडकमै रोकिएका छन् भने यात्रु समेत प्रभावित भएका छन् । कतिपय नजिकका यात्रुहरु हिँडेर आउजाउ गर्न बाध्य भएका छन् । वर्षात तथा हावाहुरीले पोल ढल्दा बन्गाड कुपिण्डे नगरपालिका क्षेत्रमा रातिदेखि बत्ती नभएको र अन्यत्र पनि क्षति भएको उनको भनाइ छ । बुधवार साँझदेखि भीषणा वर्षा,हावा हुरी सहित चट्याङ पर्दा ढुङ्गा सहित पहिरो आएर राजमार्ग अवरुद्ध हुँदा सयौ यात्रु बाहक तथा मालबाहक सवारी अलपत्र परेका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
17%
3 km/h
शुक्र
31 °C
शनि
32 °C
आइत
29 °C
सोम
24 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ