Ad imageAd image

रौतहट ट्राफिक प्रहरी ः नौ महिनामा ११ हजार सवारी कारबाहीमा

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । रौतहट ट्राफिक प्रहरीले नौ महिनाको अवधिमा ११ हजार १ सय २५ जना सवारी साधनका चालकलाई कारबाही गरेको छ ।

गत श्रावण १ गतेदेखि चैत २६ गतेसम्मको अवधिमा  ट्राफिक प्रहरीले चालकलाई नियम उल्लंघन गरेको अभियोगमा कारबाही गरेको हो ।

सो सवारी साधनका चालकलाई कारबाही गरी १ करोड ३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक(इन्स्पेक्टर) लोकेन्द्र अधिकारी जानकारी दिए ।

उनका अनुसार यस अवधिमा बस, ट्रक, जीप, कार, भ्यान, मोटरसाइकल लगायत सबै प्रकारका सवारी साधनलाई कारबाही गरिएको छ । विशेषगरी ः यहा ट्राफिक नियम उल्लघनको घटनामा मदिरा सेवन गरेर सवारी चलाउने, ओभरलोड गर्ने, हेल्मेट वा सिट बेल्ट नलगाउने, गाडीको कागजात नहुने, चालक अनुमतिपत्र(लाइसेन्स) नबोक्ने, रुट परमिट नलिने, गाडीको बत्ती बिग्रिएको लगायत पर्ने उनले जानकारी दिए । राजस्व संकलन मात्र नभई ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण र जनचेतना अभिवृद्धिमा पनि जोड दिएको छ ।

- Advertisement -
Ad imageAd image

जिल्लामा टूाफिक प्रहरीले सवारी नियम उल्लंघनमा कडाइ गर्दै चेकजाँच तीव्र बनाएको छ । आर्थिक वर्ष २०८१÷०८२ को चैत मसान्तसम्म रौतहटमा ५३९ वटा सवारी दुर्घटना भएकोमा ३६ जनाको मृत्यु  र ८९० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्याङ्कमा उल्लेख छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
89%
1 km/h
मंगल
26 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ