Ad imageAd image

मुलुकमा दुई थरी नागरिक

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

म्याग्दी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा दुई थरी नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली रहनु विडम्बनापूर्ण रहेको बताउनुभएको छ ।

म्याग्दीको बेनी नगरपालिका–६ स्थित जामुना खर्क माध्यमिक विद्यालयमा आज आयोजित हीराबहादुर बानियाँ स्मृति अक्षयकोष स्थापना तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले निजी विद्यालयको योगदानको अव मूल्याङ्कन गर्न नमिल्ने भए पनि अहिलेको शिक्षा प्रणालीले दुई थरी नागरिक उत्पादन गरेको बताउनुभयो ।

“एकथरि बालबालिका भविष्यका डाक्टर, इञ्जिनीयर, वकिल बन्ने छन्, अर्का थरी विद्यार्थी खल्तीमा प्रमाणपत्र बोकेर मुलुकमा रोजगार नपाउने र खाडी मुलुक जानुपर्ने विडम्बना छ, यो खालको अवस्थाबाट शिक्षा सुधार हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

नेपालको नयाँ संविधानमा शिक्षालाई बालबालिकाको मौलिक अधिकारको रुपमा स्थापित गरे पनि त्यसको पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ । संविधानमा आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य तथा मावि तहको शिक्षालाई निःशुल्क प्रदान गर्ने घोषणा भए पनि विविध कारणले अझै पनि कतिपय बालबालिका शिक्षाको अवसरबाट वञ्चित रहेको उहाँले बताउनुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
broken clouds
29° _ 29°
39%
2 km/h
बुध
28 °C
बिहि
30 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ