Ad imageAd image

थाइल्याण्ड भिसा प्रक्रियामा नेपालीलाई कडाइ: अधिकांश आवेदकलाई अन्तर्वार्ता अनिवार्य, ६० प्रतिशतसम्म अस्वीकृत

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक- थाइल्याण्ड सरकारले नेपाली नागरिकहरूका लागि भिसा प्रक्रियामा कडाइ गरेको छ। रोयल थाई राजदूतावासले यस सम्बन्धमा कुनै औपचारिक सूचना सार्वजनिक नगरेको भए तापनि हालै भिसा आवेदन दिएका व्यक्तिहरू र ट्राभल एजेन्सीहरूको अनुभवले भिसा नीतिमा परिवर्तन भएको देखाएको हो। लामो समयदेखि सञ्चालनमा रहेको ई-भिसा प्रणाली अन्तर्गत विगतमा कागजात बुझाएपछि सहजै भिसा प्राप्त हुने गरेकोमा, अहिले अधिकांश नेपाली आवेदकहरूलाई अनिवार्य रूपमा भिसा अन्तर्वार्ता का लागि बोलाउन थालिएको छ।

विभिन्न ट्राभल व्यवसायी र आवेदकहरूका अनुसार कागजातमा देखिने अस्पष्टता वा भ्रमणको उद्देश्य स्पष्ट नभएका कारण भिसा अस्वीकृत हुने दर निकै बढेको छ। हाल आवेदन दिनेहरूमध्ये झण्डै ६० प्रतिशत आवेदकको भिसा अस्वीकृत भइरहेको ट्राभल एजेन्सीहरूले जनाएका छन्। यही कारण राजदूतावासले आवेदकहरूको थप प्रमाणीकरणका लागि आधिकारिक इमेलमार्फत अन्तर्वार्ताको निश्चित मिति र समय तोक्न थालेको छ।

यस परिस्थितिमा थाइल्याण्ड भ्रमणको योजनामा रहेका नेपालीहरूले आफ्नो बैंक स्टेटमेन्ट, हवाई टिकट, होटल बुकिङ र भ्रमण तालिका लगायतका सम्पूर्ण कागजातहरू पूर्ण रूपमा स्पष्ट र आधिकारिक राख्नुपर्ने देखिन्छ। साथै, आवेदन बुझाएपछि राजदूतावासबाट आउन सक्ने अन्तर्वार्ता सम्बन्धी इमेलहरू नियमित रूपमा जाँच गर्न समेत पर्यटन क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन्।

- Advertisement -
Ad imageAd image
सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
scattered clouds
29° _ 29°
51%
4 km/h
सोम
29 °C
मंगल
31 °C
बुध
29 °C
बिहि
26 °C
शुक्र
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ