Ad imageAd image

साहित्य मन थाइल्याण्डद्वारा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस भव्य रूपमा सम्पन्न

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बैंकक- थाइल्याण्डमा रहेका नेपाली साहित्य अनुरागीहरूको साझा संस्था साहित्य मन थाइल्याण्डले विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस–२०२६ को अवसरमा विशेष साहित्यिक कार्यक्रम आयोजना गरेको छ। दिवसको सन्दर्भ पारेर संस्थाले आफ्नो नियमित कार्यक्रम ‘आदर्श दिव्य दर्पण’ को १४ औँ शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको हो। भर्चुअल माध्यमबाट आयोजित उक्त विशेष शृङ्खलालाई ‘अक्षर र अधिकार’ नाम दिइएको थियो, जहाँ अक्षरको शक्ति र स्रष्टाको अधिकारका विषयमा गम्भीर चर्चा गरिनुका साथै विभिन्न स्रष्टाहरूले आफ्ना उत्कृष्ट रचनाहरू प्रस्तुत गरेका थिए।

डा. हेम भण्डारीको प्रमुख आतिथ्यता र डा. इन्द्र भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम साहित्यिक रचना वाचनले उल्लासमय बनेको थियो। कार्यक्रममा अर्जुनराज पन्तले आफ्नो ‘कोइली’ व्यङ्ग्यकाव्यका अंश र ‘नारी अस्त्र ब्रह्मअस्त्र’ कविता प्रस्तुत गर्नुभयो भने निराजन प्रभातले ‘हौसला’ र ‘अराजक जीवन स्क्यान’ कविता वाचन गर्नुभयो। त्यसैगरी लक्ष्मी थापाले मुक्तक र ‘महाराजको सकस’ कविता सुनाउनुभयो भने मौनव्रतले ‘तिमी आए पछि निदाउनेछु’ र ‘मसँग बन्दुक भएको भए’ जस्ता मार्मिक रचनाहरू प्रस्तुत गर्नुभयो। सुदिक्षा सिंह ठकुरीले ‘देशप्रेम’ र ‘प्रेम गर्न सिक्दैछु’ तथा थाइल्याण्डबाट भीमलाल खनालले ‘मैले नचिनेको म’ कविता वाचन गरेर कार्यक्रमको रौनक बढाउनुभएको थियो।

कार्यक्रमको अन्त्यतिर रविचन्द्र अधिकारीले ‘म बन्नुछ’ र राज पौडेलले ‘तिर्खाएको बालक’ कविता वाचन गर्नुभएको थियो। साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सचिव दीपा रानाले गर्नुभएको थियो। सहभागी स्रष्टा तथा अतिथिहरूले प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र स्रष्टाको हकहितका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

- Advertisement -
Ad imageAd image
सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
mist
19° _ 19°
82%
आइत
31 °C
सोम
31 °C
मंगल
29 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ