काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत लिग चरणका अन्तिम दुई खेल हुनेछन् । अर्थात आज डबल हेडर । सुपर स्याटरडे । दुई खेल । त्यसैको नतिजापछि प्लेअफ पुग्ने टुई टोलीको टुङ्गो पनि आजै लाग्नेछ । सुरुमा बुटवल लुम्बिनी र वीरगंज युनाईटेडबीचको खेल हुनेछ दिउँसो १ बजे । अर्को खेल ललितपुर सिटी र काठमाडौं रेजर्सबीच साँज ५ बजे हुनेछ । यी चार मध्ये तीन टिम ललितपुर काठमाडौं र वीरगंज नै प्लेअफको होडमा छन् । अनि यो दुई खेलको नतिजाको परेखाइमा हुने अर्को टिम झापा हुनेछ । किनकि झापा हाल लिगको सबै ८ खेल खेलेर १० अंकसहित चौथो स्थानमा छ । अहिलेसम्म पोखरा थण्डर्स र धनगढी एफसीले मात्र प्लेअफमा स्थान बनाएको छ । पोखराले ८ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ । समान खेलबाट धनगढी १३ अंकसहित दोस्रोमा छ । आजको खेलपछि धनगढीले कुन स्थानमा रहेर प्लेअफ खेल्ने भन्ने पनि टुङ्गो लाग्नेछ । त्यसैले लिगको अन्तिम दुई खेललाई निकै महत्वका साथ हेरिएको छ । आज खेल्ने तीन र झापा एफसीसहित चार टोली अझै प्लेअफ होडमा छन् । त्यसमा दुई टोली प्लेअफ पुग्नेछ भने दुई टोली बाहिरिनेछ ।
एनएसएलमा लिग चरणका अन्तिम दुई खेल हुदै

प्रतिक्रिया
ट्रेन्डिङ
बाढी पीडितको राहत रकममा एनआरएनए थाइल्याण्डको ठूलो आर्थिक अनियमितता: सरकारको एकद्वार प्रणाली लत्याउँदै व्यक्तिगत संयुक्त खाता प्रयोग, १३ लाख ९० हजार भाट अझै हिनामिना गरिएको आशंका
थाइल्याण्ड- नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो पीडितका नाममा थाइल्याण्डबाट संकलित लाखौँ रुपैयाँमा गैरआवासीय नेपाली संघ…
उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुँदै
काठमाडौँ- नेपालको मौलिक कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चन्द्रागिरि…

