एजेन्सी । कुवेतका अमिर शेख नवाफ अल अहमद शबाहको निधन भएको छ। ८६ वर्षको उमेरमा उनको शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। कुवेतको शाही अदालतले उनको निधन भएको सार्वजनिक गरेपनि निधनको कारण भने खुलाएको छैन। रोयटर्सका अनुसार नवाफ गत महिना अस्पताल भर्ना भएका थिए। त्यतिबेला उनको स्वास्थ्यमा अकास्मात् समस्या आएको भन्दै अस्पताल लगिएपनि उनको स्वास्थ्य स्थिर रहेको भनिएको थियो। उनको निधनपछि ८३ वर्षीय शेख मेशाल अल अहमद अल सबाहलाई नवाफको उत्तराधिकारी घोषणा गरिएको छ। तीन वर्षयता कुवेतको शक्तिमा आएका नवाफ उमेरले कमजोर बन्दै गएपछि सन् २०२२ देखि शेख मेशालले नै त्यहाँको शासन सञ्चालन गर्दै आएका थिए। शेख नवाफको निधनपछि शनिबार औपचारिक रूपमा शेख मेशाललाई उत्तराधिकारी घोषणा गरिएको हो। कुवेतको संविधानमा उत्तराधिकारी स्वतः अमिर बन्ने व्यवस्था छ। तर, संसदबाट शपथ लिएपछि मात्र सत्ता ग्रहण गर्न सक्नेछन्। नवनियुक्त अमिरले एक वर्षपछि आफ्नो उत्तराधिकारी तोक्न सक्नेछ। शेख नवाफ उनका दाइ शेख सबाहको निधनपछि सन् २०२० मा कुवेतको अमिर बनेका थिए। शेख सबाह एक दशकभन्दा बढी कुवेतको शासनसत्ताा रहे। उनले नै छिमेकी र अमेरिका लगायतका देशहरूसँगको सम्बन्ध सन्तुलित बनाएका थिए।
कुवेतका अमिर शेख नवाफ अल अहमद शबाहको निधन

प्रतिक्रिया
ट्रेन्डिङ
उद्धारको नाममा लुटधन्दा? एनआरएनए कम्बोडिया र बैंककस्थित नेपाली दूतावासमाथि गम्भीर प्रश्न
बैंकक, थाइल्याण्ड । कम्बोडियाका अवैध स्क्यामिङ सेन्टरहरूमा बन्धक बनाइएका र अलपत्र परेका नेपाली युवाहरूको उद्धार…
कम्बोडिया उद्धार प्रकरण: ‘उद्धार होइन सहजीकरण मात्र’ भन्दै एनआरएनए पन्छियो, टिकटमा तेब्बर असुलीबारे अस्वाभाविक तर्क
बैंकक, थाइल्याण्ड । कम्बोडियामा अलपत्र नेपालीहरूको उद्धार प्रक्रियामा भएको आर्थिक अनियमितताको विषयले नयाँ मोड लिएको…
वैदेशिक रोजगार ठगीका ‘फरार अभियुक्त’ नै उद्धारका कमाण्डर: दूतावास र एनआरएनएको सेटिङमा स्क्यामिङ सेन्टरका पीडितमाथि नयाँ ठगी
बैंकक, थाइल्याण्ड । कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टर (Scamming Centers) मा फसेका र अलपत्र परेका नेपालीहरूको…
