काठमाडौं । पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा वीरगन्ज युनाइटेडलाई हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा पोखराले वीरगन्जलाई २–१ गोलले हरायो । पोखरालाई जिताउन जो आइडुले छैटौँ र मोसेस ग्याबाले ४४औँ मिनेटमा गोल गर्नुभयो । वीरगन्जका लागि आइकिन्स बफोरले ११औँ मिनेटमा गोल फर्काउनुभएको थियो । जितसँगै ६ खेलबाट ११ अङ्क बनाएको पोखरा दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट पाँच अङ्क बनाएको वीरगन्ज पाँच अङ्कसहित आठौँ स्थानमा छ ।
धरानका सामुदायिक विद्यालयमा नियमित निःशुल्क दन्त शिविर सञ्चालन गर्ने ओम साई डेन्टलको योजना
धरान । ओम साई डेन्टल इम्प्लान्ट सेन्टर प्रा.लि.ले आफ्नो ५औँ वार्षिकोत्सवको अवसरमा धरानका सामुदायिक विद्यालयहरूमा नियमित रूपमा निःशुल्क दन्त शिविर तथा दन्त स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको…


