Ad imageAd image

हमासको बन्धकमा रहेका तीन इसराइली नागरिक इसराइली सेनाबाटै मारिए

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

एजेन्सी । गजामा हमासको बन्धकमा रहेका तीन इसराइली नागरिक इसराइली सेनाबाटै मारिएका छन्। शुक्रबार उत्तरी गजाको शेजैयामा हमाससँगको लडाइँका क्रममा तीन इसराइली बन्धक मारिएको इसराइली सैनिक आइडिएफले सार्वजनिक गरेको छ। आइडिएफका प्रवक्ता ड्यानियल हगारीले पहिचान गर्न गल्ती हुँदा उनीहरू मारिएको बताएका छन्।

सेनाले ती तीन जनालाई ‍भूलवश आफूहरूमाथिको खतरा ठान्यो,’ प्रवक्ता हगारीले भनेका छन्, ‘ सैनाले तत्कालै गोली चलायो र उनीहरू मारिए। इसराइली सैनिकले यस घटनाप्रति पश्चाताप गरेको हगारीले बताएका छन्। इसराइली सैनिककै गोली लागेर मारिनेहरूमा किबुत्ज केफरका योतम हइम, किबुत्ज निर अमका सामर तलल्का र किबुत्ज योतम हेमका एलन शाम्रिज छन्।

उनीहरूलाई अक्टोबर ७ मा हमासले बन्दी बनाएर गजा पुर्‍याएको थियो। इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले त्यसलाई असहनीय दुखद घटना भनेका छन्। संयुक्त राज्य अमेरिकाले उक्त घटनालाई इसराइली सैनिकको असावधानी भनेको छ। सेनाले आफ्नै नागरिकहरू मारेपछि इसराइलीहरू शुक्रबारदेखि सडकमा उत्रिएका छन्।

तेल अविभस्थित सैनिक शिविर क्षेत्रमा उनीहरूले प्लाकार्ड र मैनबत्ती बालेर प्रदर्शन गरेका थिए। उनीहरूले इसराइली सरकारले हमाससँग वार्ता गरी बाँकी रहेका बन्धक छुटाउन पहल गर्नुपर्ने बताएका छन्। नत्र बाँकी रहेका बन्धकहरू यसरी नै मारिने चिन्ता व्यक्त गरेका छन्। इसराइलले गजामा एक साता गरेको युद्धविराममा १३६ जना बन्धक मुक्त भएका थिए। हमासको कब्जामा अझै एक सय जना बन्धक रहेको आइडिएफले बताएको छ।बन्धकहरू इसराइलसहित २६ अन्य देशका छन्। अक्टोबर ७ मा हमासले २३९ जनालाई बन्धक बनाएर गजा पर्‍याएको थियो।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
haze
23° _ 23°
68%
सोम
27 °C
मंगल
27 °C
बुध
28 °C
बिहि
22 °C
शुक्र
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ