काठमाडौं । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन्। पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो । ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले हिजो मध्य राति १२ बजेसम्म उक्त सङ्ख्यामा अनलाइन मार्फत फाराम भरेको बताउनुयो । कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरिएको थियो । यसमा सीप विल्डङकम लागि आवेदन दिएर परीक्षामा अनुउत्तिर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन्। उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशपछि उनीहरूलाई समेत फाराम भर्न दिइनेछ। उनीहरूले समेत फाराम भरेको खण्डमा आवेदन दिनेको सङ्ख्या १ लाख ७२ हजार भन्दा माथि पुग्नेछ। उनीहरूका लागि पछि छुट्टै समय तोकेर आवेदन खुला गर्ने तयारी ईपीएस कोरिया शाखाले गरेको छ।
कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन

प्रतिक्रिया
ट्रेन्डिङ
उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुँदै
काठमाडौँ- नेपालको मौलिक कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चन्द्रागिरि…
बाढी पीडितको राहत रकममा एनआरएनए थाइल्याण्डको ठूलो आर्थिक अनियमितता: सरकारको एकद्वार प्रणाली लत्याउँदै व्यक्तिगत संयुक्त खाता प्रयोग, १३ लाख ९० हजार भाट अझै हिनामिना गरिएको आशंका
थाइल्याण्ड- नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो पीडितका नाममा थाइल्याण्डबाट संकलित लाखौँ रुपैयाँमा गैरआवासीय नेपाली संघ…

