एमाले संसदीय दलका नेता यामलाल कँडेल कर्णाली प्रदेशको मूख्यमन्त्री बन्ने पक्का

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं। केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कर्णाली प्रदेशको मूख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल बन्ने पक्का भएको छ ।

यसअघि सत्ता गठबन्धनमा आएको फेरबदलकै कारण सरकारको नेतृत्व गर्न नपाउनुभएका कँडेलले यस पटकको फेरबदलबाट भने अवसर पाउने पक्का भएको छ ।

कर्णाली प्रदेशमा एमालेले पहिलो पटक सरकारको नेतृत्व गर्ने भएको छ । यसअघि दुई पटक माओवादी केन्द्र र एक पटक कांग्रेसले प्रदेश सरकारको नेतृत्व गरिसकेका छन् ।

सङ्घीय सरकारको मन्त्री भइसक्नुभएका कांग्रेसका जीवनबहादुर शाही र माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले पहिलो कार्यकालमा नै प्रदेश सरकारको नेतृत्व गरिसक्नुभएको छ ।

यो पटक कँडेलकै नेतृत्वमा नयाँ समीकरण बन्ने पक्का भएको हो । केन्द्रीय सत्ता गठबन्धन अनुसार कर्णालीमा तीन दलीय सरकार गठन हुने छ ।

माओवादी केन्द्रका १३, एमालेका १० र एकीकृत समाजवादीका एकसहित २४ जना प्रदेश सभा सदस्य रहेका छन् ।

एमालेको नेतृत्वमा माओवादी र एकीकृत समाजवादीसहितको नयाँ सरकार गठन हुने छ ।

सेयर: 13
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
mist
15° _ 15°
77%
शनि
21 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ