फ्रेन्डसिप कप : नेपाल गुजरातविरुद्ध ब्याटिङ गर्दै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले घरेलु टोली गुजरातविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।

गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोज्नुभएको हो ।

नेपाल आज गुजरातमाथि ह्याट्रिक जित निकाल्दै च्याम्पियन बन्ने अभियानमा छ । लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले हराएको थियो ।

नेपालले बरोडा क्रिकेट सङ्घलाई २७ रन हराएको नेपाल लिग चरणको अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो । गुजरात बरोडालाई पाँच विकेट र ५७ रनले पराजित हराएर फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको हो ।

गुजरातविरुद्ध नेपाल-११रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, विवेक यादव, गुलसन झा, करन केसी, सोमपाल कामी र अविनाश बोहोरा ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
broken clouds
12° _ 12°
100%
2 km/h
शनि
13 °C
आइत
20 °C
सोम
20 °C
मंगल
22 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ