साख जोगाउने गरी अनुमानयोग्य र विश्वसनीय अनुमान गरी बजेट ल्याउन आवश्यक :डा.युवराज खतिवडा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं। पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले अर्धवार्षिक समीक्षामा १० प्रतिशत बजेट र राजस्व घटाउनुपर्ने बजेट नल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिनुभएको छ ।

आइतबार नेपाल व्यवस्थापन सङ्घ म्यानले आयोजना गरेको प्रि–बजेट छलफल कार्यक्रममा उहाँले सो सुझाव दिनुभएको हो । उहाँले बजेटको साख जोगाउने गरी अनुमानयोग्य र विश्वसनीय अनुमान गरी बजेट ल्याउन आवश्यक रहेको बताउनुभयो ।

पूर्व अर्थमन्त्री खतिवडाले समष्टिगत आर्थिक परिसूचकलाई बढी अनुमान गरी त्यसको आधारमा बजेट नबनाउन आग्रह गर्नुभयो ।

संसद्ले पास गरेको विनियोजन ऐन, संसद्ले पास गरेको बजेटका आधारमा तय भएका राजस्वलाई ठुलो अनुपातमा घटाउँदै जाँदा कानुनको पद्धति, सरकार बजेटको सम्बन्ध र जनतासामु बजेटको सार गिर्ने उहाँको भनाइ छ ।

बजेटको सार र साख नगिर्ने गरी यथार्थपरक बजेट निर्माण गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले बजेट अनुमान गर्दा चालु वर्षको आधारलाई यथार्थपरक बनाउन नसके गत वर्षजस्तो हुने बताउनुभयो । उहाँले गत वर्ष राजस्वलाई बजेटको आधार बनाउँदा अहिले अर्थमन्त्रीलाई समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बजेटको साख नगिराऔंं । अनुमानयोग्य कुरालाई मात्र अनुमान राखौँ । विश्वसनीय कुरा मात्र राखौँ । यस्ता समष्टिगत आर्थिक परिसूचकलाई बढी अनुमान गरेर त्यसको आधारमा बजेट नबनाऔँ । अर्ध वार्षिक समीक्षामा १० प्रतिशतभन्दा बढीका हिसाबले कटौती गर्नु वा राजस्व घटाउनुपर्ने स्थितिमा नजाऔँ ।’

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
few clouds
18° _ 18°
52%
2 km/h
बिहि
17 °C
शुक्र
26 °C
शनि
13 °C
आइत
20 °C
सोम
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ