संसदमा देखिएको उतारचढावलाई समाधान गरौं:सभामुख देवराज घिमिरे

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद बैठकमा देखिएको उतारचढावलाई समाधान गर्न प्रधानमन्त्रीसहित प्रमुख चार दलका नेताहरुलाई आग्रह गर्नु भएको छ ।

सभामुख घिमिरेको कार्यकक्ष सिंहदरवारमा बसेको बैठकमा सभामुखले यस्तो आग्रह गर्नु भएको हो । नेपाली काँग्रेसले चैत २७ गतेको बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि त्यसमा केन्द्रीत भएर छलफल गर्न बैठक बोलाउनु भएको थियो ।

छलफलमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख सचेतक हितराज पाण्डे, काँग्रेसबाट सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला सहभागी रहनुभएको छ ।

त्यस्तै, रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार सहभागी रहनुभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

उपप्रधान एवम् गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिँदैआएको छ । सो विषयमा कांग्रेसले आज पदाधिकारी बैठक बसेर सो विषयमा छलफल गरेको थियो । तर पूर्ववत माग कायम राख्ने निर्णय गरेको थियो । बैठक जारी छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
haze
15° _ 15°
58%
बुध
25 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
12 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ