Ad imageAd image

रुकुम पश्चिम महोत्सव दिन प्रतिदिन रोमाञ्चक बन्दै, आज तिमिल्सिनाको भब्य प्रस्तुती, भोलि राजु परियारको पालो

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम। रुकुम पश्चिम जिल्लाको आठबिस्कोट नगरपालिका राडी बजारको खुल्ला मैदानमा लागिरहेको आठबिस्कोट पर्यटन तथा ब्यापार महोत्सवमा आज टङ्क तिमिल्सिनाले आफ्नो भब्य प्रस्तुति दिनुभएको छ ।

कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको आयोजनामा चैत २२ गते उद्घाटन भै २३ गते देखि संचालित ‘आठबिसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सवमा उद्घाटन पछिको चौथो दिन आज तिमिल्सिना लगायतका स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिनुभएको हो ।

लोकप्रिय गायक तथा मोडल तिमिल्सिनालाई हेर्न करिब दुइहजार बढी दर्शकले टिकट लिएको महोत्सव सयोजक तुल देवकोटाले बताउनु भयो । उहाँका अनुसार भब्य र सब्य तरिकामा महोत्सवको चौथो दिन सम्पन्न भएको हो ।

- Advertisement -
Ad imageAd image

महोत्सवमा तिमिल्सिनालाई हेर्न बुढा पाका युवा युवती हरुले उत्साह जनक तरिकामा टिकट लिएको देवकोटाको भनाइ रहेको छ ।यस्तै महोत्सवको पाचौं दिन भोलि मंगलबार भने लोकप्रिय गायक स्वर राजु परियारको प्रस्तुति रहने भएको छ ।

नेपाली लोक स्वर सम्राट भनेर चिनिने परियार युवा युवती देखि बुढा पाका सम्मलाइ आफ्नो प्रस्तुतिमा झुमाउन सक्ने लोक दोहोरी गायक पनि हुन । उहाँले अहिलेसम्म करिब १४ हजार बढी नेपाली लोकगितमा आफ्नो आवाज भरिसक्नु भएको छ ।

गायक परियार लाई हेर्नका लागि दर्शकहरु पर्खाइमा रहेको पनि देवकोटाको भनाइ रहेको छ ।

यस्तै महोत्सवमा चर्चित हास्य कलाकार धुर्मुस सुन्तली, गायक राजु परियार, पशुपति शर्मा, गायिका ज्योति मगर, एलिना चौहान, सिम्रन परियार, टीका सानु लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । चैत २२ देखी सुरु भएको महोत्सव बैशाख २ गतेसम्म संचालन हुनेछ ।

सेयर: 14
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
broken clouds
25° _ 25°
62%
1 km/h
शुक्र
25 °C
शनि
29 °C
आइत
30 °C
सोम
32 °C
मंगल
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ