उपनिर्वाचन: नामावली प्रकाशन, र चुनाव चिह्न वितरण आजै

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ। आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित हुँदै छ । अन्तिम नामावली प्रकाशित भएसँगै चुनाव चिह्न वितरण गरिने छ ।

प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ ९१० मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि चैत २५ गते उम्मेदवारी दर्ता भएको थियो ।

२६ गते मनोनययन पत्र र उजुरीमाथि जाँचबुझको दिन तोकिएको थियो । तर कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैले इलाम क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जना तथा बझाङ क्षेत्र नम्बर १ ९१०मा १२ राजनीतिक दलबाट १२ जना उम्मेदवारको नामावली प्रकाशन भइसकेको छ ।

अब ती उम्मेदवारहरुमध्ये कसैले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा आज चैत २७ गते फिर्ता लिन सक्ने छन् । उम्मेदवारी फिर्ताका लागि आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ ।

त्यसपछि आजै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।उपनिर्वाचनको मतदान भने वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।

४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
35%
मंगल
24 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
16 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ