Ad imageAd image

बाँके प्रशासनको सजगता

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

बाँके । विभिन्न धर्म तथा समुदायका विभिन्न चाडपर्व सुरु हुन लागेसँगै बाँके प्रशासनले सजगता अपनाउन सुरु गरेको छ। जिल्लाको समग्र सुरक्षा अवस्था कायम बनाई राख्न प्रशासनले जिल्लास्थित विभिन्न धार्मिक गुरु तथा सुरक्षा समितिसँग छलफल तथा बैठक गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नजिकिदै गरेको मुस्लिम समुदायको ईद पर्व, हिन्दु समुदायको चैते दसैँ, रामनवमी, हनुमान जयन्ती तथा शिख समुदायको वैशाखी पर्वलाई मध्येनजर गर्दै जिल्लाको शान्ति सुरक्षा चुस्त दुरुस्त बनाइराख्नका लागि सम्बन्धित सरोकारवालसँग छलफल तथा बैठक राखिएको बताउनुभयो।

प्रजिअ पोखरेलले नजिकिँदै गरेका विभिन्न धर्म समुदायका चाडपर्वलाई शान्त वातावरणमा आपसी सद्भाव कायम गर्दै मनाउनका लागि धार्मिक तथा सामाजिक सद्भाव समिति र सुरक्षा समितिले आम जिल्लाबासीमा अनुरोध गरिएको बताउनुभयो।

- Advertisement -
Ad imageAd image

मङ्गलबार जिल्लाका विभिन्न धार्मिक गुरु, सामाजिक सद्भाव समितिका पदाधिकारी सहितको सुरक्षा समितिको बैठकले सम्पूर्ण जिल्लाबासीमा एक अर्काका धार्मिक साँस्कृतिक मूल्य मान्यता र आस्थाको सम्मान गर्दै पूर्ण सामाजिक सद्भावका साथ आ–आफ्ना पर्व मनाउन सार्वजनिक रुपमा आह्वान गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो।

बैठकमा उपस्थित धार्मिक गुरुले सबै धर्मावलम्बीले मनाउने चाडपर्वको एक आपसमा शुभकामना आदानप्रदान गर्नुभएको उहाँले जानकारी दिनुभयो।सबै चाडपर्वहरुलाई लक्षित गरेर जिल्लामा विशेष एकीकृत सुरक्षा योजना बनाइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो।

विशेष सुरक्षा योजना अन्तर्गत जिल्लामा शान्ति सुरक्षाको चुस्त दुरुस्त व्यवस्था मिलाइएको भन्दै उहाँले जिल्लाबासीलाई शान्त र मर्यादित वातावरणमा ढुक्क भएर हर्षोल्लासका साथ आ–आफ्ना चाडपर्व मनाउन आह्वान गर्नुभयो।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
clear sky
20° _ 20°
69%
1 km/h
शुक्र
28 °C
शनि
29 °C
आइत
30 °C
सोम
31 °C
मंगल
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ