कृषि विकास निर्देशनालयका कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले स्याङ्जाको गल्याङ् नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको जानकारी दिनुभयो ।

कृषि निर्देशनालय, गण्डकीबाट अनुदान प्राप्त गरी भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएरपछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेकोलगायतका अनियमितता गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

अख्तियारका प्रवक्त घिमिरेका अनुसार अनुदानको २८ लाख ३७ हजार २१७ रुपियाँ भुक्तानी गरेर सम्झौताविपरीतका कार्यहरू गरेको र सरकारी सम्पत्ति हानिनोक्सानी हुने गरी कार्य गरेको देखिँदा जनही सोही रकम बिगो कायम गरेर विशेष अदालतमा आरोप–पत्र दायर गरिएको हो ।

कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, कृषि विकास निर्देशनालयका कृषि इन्जिनियर विश्वनाथ पौडेल र तत्कालीन कृषि अर्थविज्ञ शाखा प्रमुख भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल,

उपाध्यक्ष हेमा न्यौपाने तिमिल्सिना, सचिव परसुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ साथै जिल्ला स्याङ्जा, गल्याङ् नगरपालिका वडा नं. ३ बस्ने महेन्द्रकुमार भन्ने श्रीप्रसाद श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
82%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ