Ad imageAd image

आगो नियन्त्रणको क्रममा घाइते दुई सैनिकको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, चैत २७ गते । आगो नियन्त्रणको क्रममा घाइते दुई सैनिकको कीर्तिपुरस्थित बर्न अस्पतालमा मंगलबार मृत्यु भएको छ ।

चैत २५ गते डोल्पाको ठुलीभेरी नगरपालिका-४ चिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा खटिएर गम्भीर घाइते भएका सैनिक जवानको उपचारको क्रममा मंगलबार मृत्यु भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो ।

चैत २५ गते आगो नियन्त्रणका लागि सदरमुकाम सुरक्षा गुल्मबाट गएका चार जना सैनिक घाइते भएका थिए । घाइतेमध्ये एक सैनिकको डोल्पा जिल्ला अस्पतालमा निधन भएको थियो।

- Advertisement -
Ad imageAd image

गम्भीर घाइते बाँकी तीन सैनिकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो ।

आइसियुमा उपचार गराइरहेका तीन जनामध्ये दुई जनाको मंगलबार मृत्यु भएको सैनिक सूचना निर्देशनालयले विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।

गम्भीर घाइते एक जनाको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
clear sky
20° _ 20°
69%
1 km/h
शुक्र
28 °C
शनि
29 °C
आइत
30 °C
सोम
31 °C
मंगल
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ