Ad imageAd image

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेको राजनीतिक यात्रा

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं। राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेको राजनीतिक यात्रा त्यति सहज भएन ।

नवनिर्वाचित राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेको जन्म अर्घाखाँचीको साबिकको ढिकुरा गाविस वडा नम्बर ७ हाल भूमिका स्थान नगरपालिका–२ ढिकुरामा बुवा दिनप्रसाद घिमिरे र आमा रुपकला घिमिरेको कोखबाट वि.सं.२०२९ साउन १२ गते पहिलो सन्तानको रूपमा भएको थियो।

उहाँले आधारभूत तहको शिक्षा अर्घाखाँचीको शारदा उच्च माध्यमिक विद्यालयमा र माध्यमिक तहको शिक्षा कपिलवस्तुस्थित बाणगंगा माध्यमिक विद्यालय, गजेहडाबाट लिनुभयो।

उहाँको राजनीतिक यात्रा २०४७ साल वैशाखमा अखिल नेपाल महिला सङ्घ कोपवा गाउँ समिति सहसचिवको जिम्मेवारीमा रहँदादेखि सुरु भयो। उहाँ २०४९ सालमा दुर्गाप्रसाद आचार्यसँग प्रगतिशील विवाह बन्धनमा बाँधिनुभयो।

- Advertisement -
Ad imageAd image

२०४८ सालमा अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी सदस्य हुँदै अखिल नेपाल महिला सङ्घको जिल्ला सचिवमा निर्वाचित भएर काम गर्नुभयो। २०५१ देखि २०५३ सालसम्म एमाले मोतीपुर गाउँ समितिको सचिव हुनुभयो।

२०४९ देखि २०५९ सालसम्म पार्टीको इलाका कमिटी सदस्य, २०६९ देखि २०७९ सालसम्म अनेमसंघ केन्द्रीय कमिटी सदस्य, २०७१ मा पार्टी केन्द्रीय स्कुल विभागमा मनोनीत हुनुभयो।

उहाँ २०७८ सालमा सम्पन्न १० औँ महाधिवेशनमा केन्द्रीय कमिटीमा निर्वाचित उहाँ अहिले पोलिटब्युरो सदस्यको रूपमा कार्यरत हुनुहुन्छ। २०७४ को स्थानीय तहको निर्वाचनमा बाणगंगा नगरपालिकाको प्रमुखको प्रतिस्पर्धामा झिनो मतले पराजित हुनुभएको थियो।

उहाँ २०७६ देखि हाल लुम्बिनी प्रदेशको तर्फबाट राष्ट्रिय सभामा निर्वाचित हुनुभयो।

यस पश्चात् राष्ट्रिय सभामा दिगो विकास तथा सु-शासन समितिमा सदस्य उहाँ प्रदेश र स्थानीय तहहरूको अनुगमन तथा दिगो विकास लक्ष्यका बारेमा सहजीकरण, महत्त्वपूर्ण विधेयकमा संशोधन एवम् महिलामाथि हुने जघन्य अपराधका विषयमा सदन र सडकमा आवाज उठाउँदै आउनुभएको छ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
broken clouds
27° _ 27°
54%
शनि
29 °C
आइत
30 °C
सोम
31 °C
मंगल
31 °C
बुध
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ