ईद–उल–फित्रले धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको छः सभापति देउवा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ईद–उल–फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताउनुभएको छ ।

इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद-उल-फित्र” का अवसरमा सुख, शान्ति एवं समृद्धिको शुभकामना (इद मुवारक) प्रकट गर्दै उहाँले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको हो ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज र चाडपर्व छन् ।

सभापति देउवाले यही विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गर्नुभएको छ ।

यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउँदै उहाँले त्यस मध्ये ईद–उल–फित्र पर्व पनि एक महत्वपूर्ण पर्व भएको उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले ‘ईद–उल–फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
93%
1 km/h
बुध
22 °C
बिहि
22 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ