सेती खोँचबाट निकालियो युवकको शव

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सेती नदिको खोँचबाट सशस्त्र प्रहरीले एक युवकको शव निकालेको छ ।

यही वैशाख १ गतेबाट हराइरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोलाखोरले सेती नदिको १५० मिटर गहिराइमा ढुङ्गामा अड्किएको अवस्थामा सोमबार दिउँसो बाहिर निकालेको हो ।

सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शव कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ करुवा बस्ने २५ वर्षीय जगत् पुनको रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख १ गतेदेखि हराएको र सेतीको खोँचमा अड्किएको देखेपछि स्थानीयले सशस्त्र प्रहरी बल नेपालको पोखरास्थित नं. २४ कालिका गणलाई खबर गरेका थिए ।

खबर प्राप्त भएपश्चात् खटिएको गोताखोरले सेती नदिको १५० मिटर गहिरो खोँचबाट पुनको शव निकालेर पोष्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल पठाएको जानकारी डिएसपी थापाले दिनुभयो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
72%
2 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
10 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ