प्रमुख प्रशासकीय अधिकृत स्तरीय द्विपक्षीय भेट

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र वेलायतको लिभरपुल सिटी काउन्सिलका प्रमुख कार्यकारी एन्ड्र्य लेवीसबिच द्विपक्षीय भेट भएको छ ।

सोमबार परियारको सभाकक्ष काठमाडौँ प्लाजामा भेट भएको हो । भेटका क्रममा सहरी व्यवस्थापनमा आपसी प्रशासनिक प्रक्रिया, सेवा व्यवस्थापनलाई चुस्त बनाउन प्रयोग गरिएका विद्युतीय सेवा र सम्भावित आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो ।

कुराकानीका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले भन्नुभयो, ‘फरक परिवेशका दुई सहरका बिचमा असल अभ्यासहरुको प्रवर्धन र सिकाइ आदानप्रदान गर्न सकिन्छ ।’

काठमाडौँको अभ्यासका विषयमा जानकारी दिँदै उहाँले, पेशागत दक्षता अभिवृद्धि साझा कार्यक्रममध्येको एउटा हुन सक्ने बताउनुभयो ।

काठमाडौँ युनेस्को रचनात्मक सहरमा सूचीकृत भएको थाहा पाउँदा अझ आत्मीय सम्बन्ध भएको महसुस भयो । भेटका क्रममा सिटी काउन्सिलका प्रमुख कार्यकारी एन्ड्र्यले भन्नुभयो, ‘सहरहरुका प्रशासनिक समस्या उस्तै छन् ।

यसलाई समाधान गर्ने तथा साझा प्रयत्नबाट सेवाको गुणस्तर सुधार गर्ने दिशामा काठमाडौँ र लिभरपुल बिच सहकार्य गर्न सकिन्छ ।’भेटका क्रममा वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले, काठमाडौँको राजनीतिक, प्रशासनिक तथा सहरी व्यवस्थापन अभ्यासका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस अवसरमा विभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ