बेल्जियममा नेपाली फुड फेस्टिभल

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

एजेन्सी । नेपाली व्यवसायी सङ्घ बेल्जियमले यही मे २५ तारिख शनिबार नेपाली फुड फेस्टिभल गर्ने भएको छ ।

बेल्जियममा हरेक दुई वर्षमा हुने फुड फेस्टिवलको तेश्रो संस्करण लुभेन नगरपालिका प्रमुख मोहमद रुद्वानीले उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक एवम् नेबाबका उपाध्यक्ष कासी दनैले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । करिब १० हजार व्यक्ति सहभागी हुने अपेक्षा गरिएको यस नेपाली खाना महोत्सवमा स्थानीय नगरपालिका र नेपाली राजदूतावास बेल्जियमको विशेष सहयोग र सहभागिता हुनेछ ।

फेस्टिभलमा बेल्जियममा कार्यरत विभिन्न देशका 
करिब १५ राजदूत, युरोपियन युनियनका विशिष्ट पदाधिकारीहरू, युरोपियन पार्लियामेन्टका सांसदहरू, बेल्जियम सरकारका विशिष्ट व्यक्तिहरू, बेल्जियम नागरिक र नेपाललाई माया गर्ने युरोपियन नागरिकहरू सहभागी हुने आयोजकले बताएका छन् ।विशिष्ट अतिथिहरूलाई नेपालको पहिचान झल्कने खालको मायाको चिनो प्रदान गरिनेछ ।

फेस्टिभलमा १४ वटा स्टलबाट हिमाल, पहाड र तराइमा खाइने १० थरी नेपाली खाना, दुई वटा नेपाली हस्तकलाका सामाग्री वितरण गरिनेछ भने ४ जना स्वयंसेवकले नेपाली खानाबारे पहुनाहरुलाई जानकारी गराउनेछन् । नेपाली खाना र स्वादको गुणस्तर नियन्त्रण गर्न स्वयंसेवक परिचालन गरिनेछ।दिनभर सय भन्दा बढी नेपाली बालबालिकाले नेपाली नृत्य तथा गीत गीत प्रस्तुत गर्नेछन्।

नेपाली कला संस्कृति झल्कने झाँकी र नेपाली पोशाक प्रदर्शनी पनि हुनेछ । नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्यले एक जना बेल्जियम नागरिकलाई राफल ड्र मार्फत नेपालको होटेल बुकिंग र हवाई टिकट प्रदान गरिनेछ ।

नेपाली फुड फेस्टिभललाई बेल्जियमका स्थानीय पत्रपत्रिका, रेडियो, टेलिभिजन र सामाजिक 
सञ्जालबाट प्रचार प्रसार गरिएको छ ।फेस्टिभल हुने स्थानमा डिजिटल पर्दामा नेपालको प्राकृतिक सुन्दरता झल्कने श्रव्य दृश्य सामाग्री देखाइनेछ ।

फुड फेस्टिभलका लागि करिब ३० हजार युरो अर्थात ४४ लाख नेपाली रुपैयाँ बजेट व्यवस्था गरिएको छ । कार्यक्रममार्फत गरिने विज्ञापन र प्रायोजन गर्ने कम्पनीले बजेटका लागि सहयोग गरेका छन् ।नेपाली व्यवसायी सङ्घ बेल्जियमले नेपाली खानालाई बेल्जियम र युरोपमा परिचित गराउँदै सोमार्फत नेपाललाई चिनाउने, नेपाली समुदाय र बेल्जियम नागरिकबिच भाइचारा अभिवृद्धि, नेपालमा पर्यटन प्रवर्धन र आर्थिक विकासमा योगदान पुर्‍याउने, यहाँ हुर्कँदै गरेका दोस्रो पुस्ता नेपालीलाई सहभागी गराएर नेपालप्रतिको लगाव बढाउने, नेपाली व्यवसायीहरूलाई बेल्जियममा स्थापित गराउन मद्दत पुग्ने विश्वास छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
82%
4 km/h
आइत
19 °C
सोम
24 °C
मंगल
26 °C
बुध
28 °C
बिहि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ