जर्मनीको एकतर्फी जित

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा जर्मनीले शानदार जित दर्ता गरेको छ । शनिबार  राति भएको खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको एकतर्फी जितत दर्ता गरेको हो ।

समूह ३ मा रहेको जर्मनीको जितमा निकलस फुलक्रग, जमाल मुसिएला, फ्लोरियन विट्ज, एलेक्जेन्डर पाभलोभिक र केइ हार्भाटेजले एक एक गोल गरेका थिए ।

२७ औं मिनेटमा जमाल मुसिएलाको क्रसपासमा  निकलस फुलक्रगले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा अरु ४ गोल थपेको थियो ।

५७ औं मिनेटमा विट्जको पासमा मुसिएलाले गोल गर्दै अग्रता दोब्बर बनाए । अधिकांश समय हंगेरीमाथि दबाब बनाएको जर्मनीले तेस्रो गोल ६६ औं मिनेटमा गरेको थियो ।

मुसिएलाको पासमा विट्जले डीबक्सभित्रबाट उत्कृष्ट गोल गरेका थिए । ७७ औं मिनेटमा मुसिएलाकै पासमा एलेक्जेन्डर पाभलोभिकले गोल गरेपछि जर्मनी ४–० ले अघि बढेको थियो ।

८१ औं मिनेटमा हंगेरीका विली ओर्वानले हार्भाटेजलाई डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गर्दै जर्मनीलाई ५–० को जीत दिलाए ।

यही समूहमा रहेको नेदरल्याण्ड्सले बोस्निया हर्ज गोभिनालाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
haze
15° _ 15°
67%
1 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ