रोनाल्डोको गोलमा पोर्चुगलले स्कटल्याण्डलाई हरायो

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

२४ भदौ काठमाडौं

 यूईएफए नेसन्स लिगमा पोर्चुगल विजयी भएको छ। 

क्रिस्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गरेको गोलमा पोर्चुगलले स्कटल्याण्डलाई २–१ ले हराएको हो। 

स्कटल्याण्डले सातौँ मिनेटमा स्टक म्याकटोमीको गोलले अग्रता लिएको थियो। त्यसपछि ब्रुनो फर्नान्डेजले पोर्चुगलका लागि बराबरी गोल फर्काए। 

रोनाल्डोले ८८औं मिनेटमा निर्णायक गोल गरे र यो उनको खेल जीवनको ९ सय १ औं गोल हो। 

गएराति नै भएको अर्को खेलमा स्पेनले फाबिन रुइजको दुई गोलमा स्विजरल्यान्डलाई ४–१ ले पराजित गर्‍यो। 

यस्तै  क्रोएसियाले पोचल्यान्डलाई १–० र स्विडेनले इस्टोनियालाई ३–० हराए।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
broken clouds
14° _ 14°
77%
2 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ