Ad imageAd image

६ जना खेलाडी पहिरोमा परी वेपत्ता भएको एन्फाद्वारा पुष्टी

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

हेटौंडा । मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ जना खेलाडी पहिरोमा परी वेपत्ता भएका छन् ।

बिहीबारदेखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेको एकेडेमी प्रवक्ता सुरश साहले पुष्टि गरेका छन् ।

इन्द्रसरोवर गाउँपालिका ३ स्थित वात्सल्यदेवी उच्च माविमा एन्फाले संचालन गरिरहेको आवासीय प्रशिक्षणमा रहेका अनुप घलान, हेटौंडा, साइमन योञ्जन, मकवानपुर, आदित्य बलपाकी, सर्लाही, रियान्स आचार्य, काठमाडौं, बिकल रेग्मी, बारा, दिवस बानिया, मकवानपुर पहिरोमा परेका हुन् ।

उनीहरु विहान करिब ६ः३० बजे उक्त स्थानबाट अन्यन्त्र जानेक्रममा पहिरोमा परेको एन्फाले जनाएको छ । उनीहरुको खोजी कार्य जारी छ ।

- Advertisement -
Ad imageAd image
सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
moderate rain
24° _ 24°
88%
4 km/h
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
शुक्र
26 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ