Ad imageAd image

दोलखामा पहिरोले २ सैनिकसहित ७ जना बेपत्ता

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, असोज १२ – दोलखामा पहिरोका कारण दुई ठूला जलविद्युत् आयोजना माथिल्लो तामाकोशी र खिम्ती क्षेत्रमा थप विपत्ति परेको छ। खिम्ती जलविद्युत् आयोजनाको किर्नेटार क्षेत्रमा तामाकोशी नदीले कटान बढाएपछि स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँधस्थलमा रहेको हेडवक्सको विद्युत् सञ्चालन गृहलाई पहिरोले बगाउँदा चार जना सम्पर्कविहीन भएका छन्। दोलखा प्रहरीले दिएको जानकारी अनुसार, बेपत्ता हुनेहरूमा तामाकोशी विद्युत् केन्द्रमा कार्यरत दुई कर्मचारी र दुई नेपाली सेना छन्।

त्यस्तै, दोलखाको भिमेश्वर नगरपालिका–६ सिमपानीमा रामबहादुर भुजेलको घर भत्किँदा तीन जना बेपत्ता भएका छन्। घटनास्थलमा एक बालकलाई जीवितै उद्धार गरिएको छ।

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन र थप सावधानी अपनाउन अनुरोध गरिएको छ।

- Advertisement -
Ad imageAd image
सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
95%
1 km/h
बिहि
26 °C
शुक्र
26 °C
शनि
23 °C
आइत
22 °C
सोम
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ