तीन महिनामै १७.५ प्रतिशत बढ्यो सेयर कर्जा

थाइल्याण्ड नेपाल डट्कम

काठमाडौं । एक महिनामै सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा ६ अर्ब ६ करोडले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको यो कर्जा १ खर्ब ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । भदौ मसान्तसम्म ९९ अर्ब ७६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो ।

चालु आर्थिक वर्षको असार मसान्तयता यस्तो कर्जा १७.५ प्रतिशतले बढेको छ । असार मसान्तसम्म कुल ९० अर्ब ९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो ।

१ करोड रुपैयाँमाथिको सेयर कर्जा सबैभन्दा धेरै छ । असोज मसान्तसम्म यस्तो कर्जाको रकम ६९ अर्ब ९७ करोड रुपैयाँ छ । यो वर्गको कर्जा वृद्धिदर पनि उच्च छ । असार मसान्तयता यो सीमाको कर्जा २५.१ प्रतिशत बढेको छ ।

असार यता यो कर्जा ३.१ प्रतिशत बढेको छ । २५ लाखमुनिको कर्जा ७ अर्ब ३९ करोड प्रवाह भएको छ । असार मसान्तयता यो कर्जा १.१ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
35%
2 km/h
शनि
23 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ