भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बुधबार नेपाल आउँदैछन् । उनी पाँच दिने भ्रमणका लागि आज काठमाडौं आउन लागेका हुन् ।

सेनाध्यक्ष द्विवेदीलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

उनको भ्रमणको अवधि मङ्सिर ९ गतेसम्म रहने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

भ्रमणका दौरान सेनाध्यक्ष द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यस्तै उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटघाट, कमान्ड तथा स्टाफ कलेजका कशिक्षार्थीसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
46%
2 km/h
शनि
25 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ