करातेको राष्ट्रिय एलिट प्रशिक्षण शनिबारदेखि

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौं जिल्ला कराते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि हुने भएको छ ।

प्रशिक्षणमा करिब १ सय ५० प्रशिक्षकको सहभागिता रहने आयोजक महासंघका अध्यक्ष ज्ञानबहादुर जिम्बाले जनाएका छन् ।

सहभागीलाई करातेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ र करातेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठले प्रशिक्षण दिने छन् । उनीहरुलाई काठमाडौं जिल्ला सितोरियो कराते संघका अध्यक्ष एवं शंखडोल कराते एकेडेमीका प्रमुख प्रशिक्षक शिवराम कारन्जितले सहयोग गर्ने छन् ।

त्यस्तै सहभागीलाई सुलोचना सिजाख्वा र शिवराज भट्टले खुराक, स्पोर्ट्स साइकोलोजी र खेलकुद विज्ञान सम्बन्धी ज्ञान दिने छन् । तीनदिने प्रशिक्षण जोरपाटीस्थित शंखडोल कराते एकेडेमीमा हुनेछ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
41%
2 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ