गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । इजरायल र हमासबीच गाजामा युद्धविरामको निर्णयले त्यहाँ खुशीयाली छाएको छ । इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएसँगै मानिसहरु सडकमा उत्रिएर खुशी मनाइरहेका छन् ।

कतारमा इजरायल र हमासबीच युद्धविरामको सहमति भएसँगै बन्धक रिहाइको प्रक्रिया थालिने जनाइएको छ । जसका कारण इजरायली शहरहरु र गाजामा खुसीयाली छाएको छ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा जारी संयुक्त वक्तव्यमा गाजा युद्धविराम–बन्धकहरूका लागि सम्झौतामा तीन चरणमा पूर्ण रुपमा लागु हुने भनिएको छ । गाजा स्ट्रिपमा सम्झौतामा तोकिए बमोजिम मानवीय सहायतालाई द्रुत र निरन्तर वृद्धि गर्न संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय गर्ने जनाइएको छ । यस्तो प्रयासलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्ने जनाएका छन् ।

सम्झौतामा प्रारम्भिक ४५ दिनको समयसीमा राखिएको छ । युद्ध रोकिने र इजरायली सेना गाजाको बाहिरी इलाकामा जनसंख्या भएको क्षेत्रबाट फिर्ता हुने, विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीमा आफ्नो निवासमा फर्कन अनुमति दिने जनाइएको छ ।

सम्झौतासँगै १५ महिनादेखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको छ। अमेरिकाको बाहिरँदै गरेको जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
3 km/h
शुक्र
20 °C
शनि
27 °C
आइत
26 °C
सोम
25 °C
मंगल
23 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ