रौतहटको चन्द्रपुरमा सुविधायुक्त १५ शैया अस्पताल बन्ने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सुबिधायुक्त १५ शैया अस्पताल बन्ने भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ सिथ्त सन्तानेश्वर महादेव मंन्दिर पछाडि रहेको जमिनमा अस्पतालको नयाँ भवन बन्न लागेको हो ।

संघीय सरकार र चन्द्रपुर नगरपालिकाको बजेटबाट अस्पतालको भवन निर्माण हुने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफले बताए । उनका अनुसार भवन निर्माणको लागि साहू कन्स्ट्रक्सनले ४ करोड ९ लाखमा सकार गरेको हो ।

अस्पतालको भवन निर्माणका लागि बजेट अनुसार ठेक्का लगाउँदै जाने उनले जानकारी दिए । सुबिधायुक्त अस्पताल नहुँदा समस्या भएको भन्दै अस्पताल बनेपछि उपचारमा सहज हुने बताए ।

आफूले अस्पताल निर्माणमा चासो दिएकाले तोकिएको समयमा निर्माण सम्पन्न हुने उनले बिश्वास व्यक्त गरे । चन्द्रपुर नगरपालिकाले स्वास्थ क्षेत्रमा विशेष प्राथमिकता दिएको समेत उनले उल्लेख गरे ।

अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिसकेकाले अब कामले गति लिने नगर प्रमुख काफ्लेले बताए । तीन बर्षभित्र पुरा गर्ने लक्ष्यको साथ काम काम अघि बढाइएको र अन्डरग्राउण्ड पार्किङ्गसहित सुबिधायुक्त अस्पताल बन्ने चन्द्रपुर नगरपालिकाले जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
mist
19° _ 19°
72%
2 km/h
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ