‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ माघ २३ गतेदेखि

थाइल्याण्ड नेपाल डट्कम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौं । सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल ः मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ को आयोजना गर्ने भएको छ ।


बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा सागर ग्रुपले माघको २३ गतेदेखि २९ गतेसम्म उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो ।


आफ्नो ब्रान्ड तथा प्रडक्टहरू प्रयोग, विशेषतालगायत वर्तमान समयमा आएको प्रविधि र बिस्तारबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको सागर ग्रुपकी उपाध्यक्ष बुद्धलक्ष्मी मानन्धर जानकारी दिइन् ।


नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा दिँदै आएको उक्त ग्रुपले विगत १६ वर्षदेखि ब्रदरका प्रिन्टरहरू बिक्री गर्दै आएको छ ।


तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर साथै एक्स–ल्याब ल्यापटप पनि राखिने छन् । यसैगरी, एक्स्पोमा क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान पनि उपलब्ध रहने बताइएको छ ।


एक्स्पोमा प्रविधिसँग सम्बन्धित धेरै विषयहरू समावेश भएकाले यहाँबाट ग्राहकहरूलाई नयाँ अनुभव प्रदान हुने मानन्धरले बताइन् ।
‘एक्स्पोमा हामीले बिक्री गर्दै आएका सामानहरू हुनेछन्, यो एक्स्पोले नयाँ र अपडेटेडका साथै नवप्रवर्तन प्रविधिको बारेमा जान्न, बुझ्ने र किन्ने अवसर प्रदान गर्नेछ,’ उनले भनिन् ।


सागर ग्रुपले एक्स्पोमा आएर प्रिन्टर वा कुनै सामान किन्दा विशेष छुटको व्यवस्था गरेको छ । सात दिन सञ्चालन हुने यो एक्स्पोमा टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरहरू पनि लन्च गरिने छ । एक्स्पो अवधिभर टोनर बक्स सिरिजका प्रिन्टरको खरिदमा ५० प्रतिशतसम्म र ब्रदरका जुनसुकै प्रिन्टरको खरिद न्यूनतम २० प्रतिशत छुट उपभोक्ताले पाउँने छन् ।


साना तथा ठूला व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्नका लागि निकै उपयोगी ब्रदर प्रिन्टर बजारमा निकै लोकप्रिय छन् । यी प्रिन्टरहरूको उपयोगितालाई लिएर विशेषज्ञहरूद्वारा प्रशिक्षण पनि हुने सागर ग्रुपले बताएको छ ।


एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा अत्याधुनिक उत्पादनहरु र व्यक्तिगत उद्यम तथा पेशेवरहरूका लागि तयार पारिएका अनुपम अनुभवहरू पनि प्रस्तुत हुनेछ ।


सागर ग्रुपका अनुसार एक्स्पोमा क्युआर कोड मार्फत नाम दर्ता गरेर निःशुल्क प्रवेश गर्न सकिन्छ । क्युआर कोड प्रणाली मार्फत अनलाइन दर्ता गर्दा एक्स–ल्याब ल्यापटप जित्ने अवसर ल्याइएको छ ।


यो कार्यक्रम प्रविधि, जीवनशैली र नेटवर्किङ अवसरहरू संयोजन हुने प्ल्याटफर्मको रूपमा विकास हुने सागर ग्रुपले जानकारी दिएको छ । यस्तै, मिट एण्ड ग्रिट एक्स्पोको अवसर पारेर सागर ग्रुपले इनेक्स क्यामेरा पनि लन्च गर्ने भएको छ । विश्व बजारमा निकै लोकप्रिय उक्त क्यामेराका तीन वटा मोडल लन्च हुने भएको हो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
few clouds
9° _ 9°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ