Ad imageAd image

गोपाल योञ्जनको सांगीतिक क्षेत्रको योगदान अतुलनीय छ : मन्त्री पाण्डे

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार संगीतकार स्वर्गीय गोपाल योञ्जनको पुस्तक ‘गोपाल योञ्जन’को विमोचन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

उनले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्यकला प्रतिष्ठान रहेको उल्लेख गदै स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने प्रतिवद्वता व्यक्त गरे ।

मन्त्री पाण्डेले भने,‘गोपाल योञ्जनको सांगीतिक क्षेत्रको योगदान अतुलनीय छ । उहाँले रचना गरेका गीत,संगितहरू अझै पनि उत्तिकै लोकप्रिय छन् । राज्यले गर्नुपर्ने काम उहाँको परिवारले नै गर्नु भएको प्रति कृतज्ञता प्रकट गर्दछु । ’

- Advertisement -
Ad imageAd image

१०८ लेखकले संयुक्तरूपमा लेखेको उक्त पुस्तक निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले गोपाल योञ्जनलाई जिवन्त राख्नका लागि तीनवटै तहका सरकारसँग समन्वयात्मक ढंगले अघि बढ्नेसमेत बताए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
broken clouds
28° _ 28°
50%
2 km/h
शुक्र
27 °C
शनि
31 °C
आइत
32 °C
सोम
31 °C
मंगल
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ