क्यान्सर पीडित विद्यार्थीको उपचारका लागि शिक्षकहरूद्वारा आर्थिक सहयोग

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रामेछाप । मन्थली नगरपालिकाका एक क्यान्सर पीडित विद्यार्थीको उपचारका लागि शिक्षकहरूले रकम सङ्कलन गरेर आर्थिक सहयोग गरेका छन् ।

बोन म्यारो क्यान्सरबाट पीडित भई उपचार गराइरहेका मन्थली मावि मन्थलीमा कक्षा ८ मा अध्ययनरत मन्थली नगरपालिका–७ निवासी १५ वर्षीय सन्देश पाण्डेको उपचारका लागि मन्थली माविका शिक्षकहरूले रकम सङ्कलन गरी सहयोग गरेका हुन् ।

सो विद्यालयमा कार्यरत शिक्षकहरूले ५० हजार रुपैयाँ सङ्कलन गरेर विद्यालयका प्रधानाध्यापक डा. टङ्कप्रसाद दाहाल मार्फत मन्थली नगरपालिका–७ का पूर्ववडाध्यक्ष सुदर्शन प्रसाईँलाई हस्तान्तरण गरेका छन् ।

पाण्डेको उपचारका लागि नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले पनि आर्थिक सहयोग गरेका छन् । गौतमले उनको उपचारका लागि २० हजार रुपैयाँ सहयोग गरेका छन् ।

क्यान्सर पीडित पाण्डेको उपचारमा आर्थिक अभाव भएपछि पूर्ववडाध्यक्ष प्रसाईँ सहयोग सङ्कलनमा जुटेका छन् । हालसम्म उनको उपचारका लागि ३ सय जनाभन्दा बढीले आर्थिक सहयोग गरेका छन् । अधिकांश सहयोगीहरूले १ हजारदेखि २ हजार रुपैयाँसम्म आर्थिक सहयोग गरेका छन् ।

सहयोग गरिएको सबै जनाको रकम सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरी बिरामीलाई हस्तान्तरण गरिएको प्रसाईँले बताए । पाण्डेको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा २५ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने चिकित्सकहरूले बताएका छन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
43%
2 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ