काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काराकार रहेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण केन्द्रीय कारागारबाट छुट्नुभएको छ । शुक्रबार दिउँसो कारागारबाट छुटेर जिल्ला अदालत काठमाडौंमा लगिएको थियो । जिल्ला अदालतबाट छुटेर खाण सम्पत्ति शुद्धीकरण विभागमा जानुभएको थियो । त्यहाँबाट उहाँलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा लगिनेछ। अख्तियारबाट छुटेपछि भने उहाँ तारेखमा हुनुहुने छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएको थिए । उच्च अदालतबाट जिल्ला अदालतमा मिसिल पठाएसँगै खाणका आफन्तले ३० लाख रुपैयाँ बराबरको बैंक ग्यारेण्टी बुझाएका छन् । मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिँदा कोइरालाको इजलासले निर्णय गरेको हो। प्रकाश खरेलले खाणलाई पुर्पक्षको लागि थुनामै राख्नुपर्ने राय दिएका थिए। तर जनक पाण्डेले उनलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए।
धरौती रकम बुझाएसँगै छुटे खाण

प्रतिक्रिया
ट्रेन्डिङ
‘फिनेल’ समाचार विवादमा रातो पाटी : प्रेस काउन्सिलले माग्यो ३ दिनभित्र जवाफ
धरान : रातोपाटी डट कममा प्रकाशित समाचारले आफ्नो चरित्रहत्या गरेको र पठाएको खण्डनसमेत उचित ढङ्गले…
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७…

