जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न युवाहरुको अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ :उपाध्यक्ष बस्नेत

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

क्वालालाम्पुरः राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न युवाहरुले अन्तर्राष्ट्रिय साझेदारी सहित नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् । जलवायु कार्यमा कुनै अमुक देशको एक्लो प्रयास अपर्याप्त हुने भन्दै बस्नेतले साझा प्रयत्नमा जोड दिए ।

विश्वका असंलग्न देशका युवाहरुको अन्तर्राष्ट्रिय संगठन र मलेसियाली युवा परिषदद्वारा राजधानी क्वालालम्पुरमा एसियाका १७ देशका प्रतिनिधिहरुको सहभागितामा आयोजना गरिएको सम्मेलनमा बोल्दै उपाध्यक्ष बस्नेतले सो धारणा राखेका हुन् ।

सम्मेलनमा बस्नेतले भने, ‘असंलग्न आन्दोलनबाट मात्र विश्व सदभाव र शान्ति सम्भव छ । नेपाल र नेपाली युवा सदैव असंलग्न आन्दोलनमा प्रतिबद्ध छन् र रहिरहने छन् ।’

नयाँ बन्न लागेको राष्ट्रिय युवा नीति र युथ भिजनमा जलवायु कार्य र युवाको भूमिकालाई प्रमुख आधारस्तम्भको रुपमा समेट्न लागिएको उपाध्यक्ष बस्नेतले जानकारी दिए । बस्नेतले युवाहरुलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म अधिकतम् सहभागी गराएमात्र युवाका आवाजले स्थान पाउने दावी गरे ।

फेब्रुअरी २३ देखि २६ सम्म चलेको सम्मेलनमा अजरबैजान, बंगलादेश, बेलारुस, कम्बोडिया, फिजी, भारत, इन्डोनेसिया, जोर्डन, मलेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, ओमान, उज्वेकिस्तान र पूर्वी टिमोर सहितका एसियाली युवा प्रतिनिधिहरुको सहभागिता थियो ।

सन् २०२२ को जुलाईमा अजरबैजानमा आयोजित ६३ वटा असंलग्न देशका प्रतिनिधिहरुको सम्मेलनबाट असंलग्न देशहरुको युवा संगठन स्थापना भएको थियो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
76%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ