Ad imageAd image

चलचित्र ‘फेरि रेशम फिलिली’ को प्रिमियर शो भव्य रुपमा सम्पन्न, आजदेखि लाग्यो हलमा

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’ को प्रिमियर शो भव्य रुपमा सम्पन्न भएको छ । मंगलबार निरोज महर्जन निर्देशित फिल्म ‘फेरि रेशम फिलिली’को प्रीमयर सम्पन्न भएको हो ।

प्रीमयर सम्पन्न  भएसँगै बुधबारबाट यो फिल्म प्रदर्शनमा आएको छ । महाशिवरात्रि पर्वको अवसर पारेर ‘फेरि रेशम फिलिली’ देशभरका हलमा रिलिज भएको हो ।

रिलिजको पूर्वसन्ध्यामा फिल्म ‘फेरि रेशम फिलिली’को ग्राण्ड प्रिमियर गरिएको छ । क्यूएफएक्सको लाबिम हलमा आयोजित प्रिमियर समारोहमा फिल्मकर्मीको खचाखच उपस्थिती रहेको थियो ।

फिल्मको कलाकार, निर्देशक, निर्माता र प्राविधिकको उपस्थिती रहेको प्रिमियर समारोहमा ऋचा शर्मा, निश्चल बस्नेत, अशोक शर्मा, दीपक शर्मा, कृषा चौलागाईं, रविन्द्र झा, शिल्पा मास्के, सुमन कार्की, विशाल भण्डारी, भरतमणी पौड्याल, अर्जुन कुमार, सरोज न्यौपाने लगायत पुगेका थिए ।

- Advertisement -
Ad imageAd image

निरोज महर्जन निर्देशित ‘फेरि रेशम फिलिली’ २०७२ सालमा रिलिज फिल्म ’रेशम फिलिली’ को सिक्वेल हो।

’फेरि रेशम फिलिली’ मा विनय श्रेष्ठ र सुपुष्पा भट्टले मुख्य भूमिकामा अभिनय गरेका छन्। साथमा कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा लगायतको अभिनय छ । यसमा अमेरिका सपनाको कथा उठाइएको छ । कमेडी र मनोरञ्जनात्मक यो फिल्मको रनटाइम २ घण्टा २२ मिनेट तय छ ।

’फेरि रेशम फिलिली’ ले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएका छन् । यी फिल्मको व्यापार पनि राम्रो हुने अपेक्षा गरिएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
71%
1 km/h
शुक्र
28 °C
शनि
30 °C
आइत
32 °C
सोम
31 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ