Ad imageAd image

अनुसन्धान प्रक्रियालाई गुणस्तरीय बनाउन आधुनिक प्रविधिको अधिकतम उपयोग आवश्यक : मुख्यमन्त्री सिंह

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर ।  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अपराध अनुसन्धान प्रक्रियालाई गुणस्तरीय, प्रभावकारी र परिणाममुखी बनाउन आधुनिक प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग तथा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामद्वारा आयोजित अपराध अनुसन्धानसम्बन्धी समस्या र समाधान विषयक प्रदेशस्तरीय समीक्षा गोष्ठीमा मुख्यमन्त्री सिंहले अपराध अनुसन्धानको सुक्ष्मता, सघनता, तीव्रता र तटस्थता आवश्यक रहेको औंल्याएका हुन् ।

उनले भने, ‘सही न्याय सुनिश्चित गर्न अनुसन्धान पद्धति वैज्ञानिक र आधुनिक बनाउन आवश्यक छ ।’

मुख्यमन्त्री सिंहले बदलिँदो समयमा अपराधका प्रकृति जटिल बन्दै गएकाले अनुसन्धान कार्यलाई प्रविधिमैत्री बनाउनुपर्ने उल्लेख गरे । अनुसन्धान प्रक्रियामा चुक हुँदा निर्दोषले सजाय भोग्ने र दोषी उन्मुक्ति पाउने अवस्थाले न्याय प्रणालीमै प्रश्न उठ्न सक्ने भएकाले अनुसन्धानमा थप सुधार आवश्यक रहेको बताए ।

- Advertisement -
Ad imageAd image

‘प्रदेश सरकार प्रहरीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउन प्रतिबद्ध छ, उनले भने, ‘नेपाल प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउन हामी हरसम्भव सहयोग गर्छौं।’

मुख्यमन्त्री सिंहले मधेश प्रदेशका आठ वटै जिल्लामा भइरहेको अपराध अनुसन्धान प्रक्रियाको गहन समीक्षा गरी कमजोरी हटाउन आवश्यक रहेको बताए ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
broken clouds
25° _ 25°
61%
4 km/h
सोम
25 °C
मंगल
27 °C
बुध
27 °C
बिहि
25 °C
शुक्र
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ